१५ बैशाख २०८१, शनिबार

प्रचण्ड-नेपाललाई गोकुल बास्कोटाको धम्की : ‘कि नयाँ पार्टी खाेल कि त नेकपा र सूर्य चिन्ह बाेक्न तयार बन’


प्रचण्ड, नेपाल, गोकुल बास्कोटा

काठमाडौं । नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले प्रचण्ड-नेपाल समूहलाई कि नयाँ पार्टी खाेल कि त नेकपा र सूर्य चिन्ह बाेक्न तयार बन भन्दै धम्की दिएका छन् ।

नेता बास्कोटाले सामाजिक संजालमा एक स्टाटस लेख्दै यस्तो धम्की दिएका हुन् बास्कोटाले प्रचण्ड-नेपाल समूहका केही कमरेडहरुले अझै आधिकारिकता र सुर्य चिन्हबारे भ्रम छरिरहेको समेत आरोप लगाएका छन् ।

नेकपा दुई समूहमा विभाजित भएसँगै दुवै समूहले आ-आफ्नो समूह आधिकारिकता रहेको बताउँदै आए पनि निर्वाचन आयोगले आधिकारिकताको निर्णय नदिएपछि अहिले दुवै समूह एक हुनुको विकल्प छैन ।

बास्कोटाले लेखेका छन्, “कि नयाँ पार्टी खाेल कि त नेकपा र सूर्य चिन्ह बाेक्न तयार बन।अरु त के विकल्प बाँकी रह्याे र? पुमा कम्पनीका केही कमरेडहरुले अझै आधिकारिकता र सूर्य चिन्ह बारे किन भ्रम छरिरहेका हाेलान? छटपटाहटमा रहनु भन्दा शान्तपुर्वक सत्य स्वीकार्नु वेश।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !