२२ बैशाख २०८१, शनिबार

मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका छन् । अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटना लगायत विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँगको परामर्श बैठकमा सो तर्क राखेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको विधान अनुसार पहिलो वरियताको अध्यक्षका हैसियतले आफ्नो सहमति विनाको बैठक र निर्णयको कुनै अर्थ नहुने अध्यक्ष ओलीले बताएको जनाए । सल्लाहकार थापाले अध्यक्ष ओलीमाथि पार्टीले अनुशासनको कारवाही गर्ने भन्ने निर्णय भनिएको विषयलाई औपचारिकता नमान्न सञ्चार माध्यमलाई पनि आग्रह गरे ।

अध्यक्ष ओलीले यही पुस ७ गते बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मङ्गलबार नै अपराह्न १ बजे केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।

यो पनि पढ्नुहोस्

केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको भन्दै प्रचण्डले भने, “बालुवाटारको बैठक नौटंकी मात्र”

सरकारले काम गर्न नपाएपछि ताजा जनादेशका लागि निर्णय भएको हो : प्रम

माधव नेपाल भन्छन्, “संसदीय दलमा ओलीको बहुमत छैन, नेता बन्न योग्य हुनुहुन्न”

राष्ट्रपति भण्डारीले संविधानको मर्यादा अनुसार काम गर्न नसकेको पूर्वराष्ट्रपति यादवको आरोप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !