२ जेष्ठ २०८१, बुधबार

माधव नेपाल भन्छन्, “संसदीय दलमा ओलीको बहुमत छैन, नेता बन्न योग्य हुनुहुन्न”


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको निर्णय असंवैधानिक भएकाले मान्य नहुने बताएका छन् । नेता नेपालले संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए ।

संसद भवन वानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा बोल्दै नेता नेपालले भने, “प्रधानमन्त्रीले निरंकुश तरिका अवलम्बन गरेको र यसको विरोध गर्छौं र संसद विघटित भएको ठान्दैनौं । संसदीय दलमा पनि उहाँ बहुमतमा हुनुहुन्न, नेतामा रहन योग्य हुनुहुन्न ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !