१२ श्रावण २०८१, शनिबार

सफाइ पाएपछि सन्दीपले भने – फैसलालाई सम्मान गरेर देशलाई अब अझ माथि पुर्याउँछु


सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अब देशलाई अझै माथि पुर्याउने बताएका छन् । आज बुधबार उच्च अदालत पाटनबाट सफाई पाएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका हुन् ।

उनले आफूलाई फसाएर दोषी करार गरिएकोमा अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गर्दै ढिलै भए पनि आफूले न्याय पाएको बताएका हुन् । उनले आफूले पहिलो दिनदेखि नै निर्दोष रहेको बताउँदै पनि आएको बताए ।

उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको हो । उनले आफूले जिल्ला अदालतको फैसलालाई सम्मान गरेको भन्दै उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका हुन् ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गरेर सन्दीपलाई सफाइ दिएको हो ।

यो पनि पढ्नुहोस्

बलात्कार मुद्दामा किक्रेटर सन्दीप लामिछानेले पाए सफाइ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !