१४ बैशाख २०८१, शुक्रबार

केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको भन्दै प्रचण्डले भने, “बालुवाटारको बैठक नौटंकी मात्र”


प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र भएको बताए ।

बानेश्वरमा बहुमत सांसदहरुको बैठकलाई सम्बोधन गर्दै दाहालले भने, ‘हामी केन्द्रीय कमिटीको बैठकमा जाँदैछौं भनेर हामीले हिजै स्थायी समितिको बैठकबाट निर्णय गरिसकेका छौं । त्यो निर्णय निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराइसकिएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !