२ जेष्ठ २०८१, बुधबार

राष्ट्रपति भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको पूर्वराष्ट्रपति यादवको आरोप


डा. रामवरण यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले तिनिधिसभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहत भएको बताए ।

‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो । उहाँ आफ्नो भूमिका निर्वाह गर्नमा चुक्नु भएको छ ।’ पूर्व राष्ट्रपति यादवले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहत भएका छन् । त्यो संस्थामा चोट पुगेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !