२२ बैशाख २०८१, शनिबार

पार्टी फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने वामदेव गौतमको दावी


वामदेव गौतम

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न कुनै गुटको भेलामा नजाने बताएका छन् । गौतमले प्रेस विज्ञप्ति जारी गर्दै आफू एकताको पक्षमा र संसद भंगको विरुद्धमा रहेको बताएका हुन् ।

उपाध्यक्ष गौतमले भनेका छन्, ‘क.केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्, ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ । अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !