१४ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत


महेन्द्रबहादुृर शाही

सुर्खेत, कार्तिक ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज शुक्रबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बसेको बैठकले बहुमतको शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका सचेतक कुर्मराज शाहीका अनुसार प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको बैठकमा १८ जना सांसद उपस्थित थिए । सबै सांसदले प्रस्तावको विपक्षमा मत जाहेर गरेका उनले बताएका छन् । अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भएको हो ।

सांसद यामलाल कँडेलको अगुवाइमा असोज २५ गते १८ जना सांसदले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये ९ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि प्रस्ताव अल्पमतमा परेको हो । नेकपाका ३३ प्रदेश सांसदमध्ये १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए, जसमा पूर्वमाओवादी खेमाका ३ र माधव नेपाल पक्षमा ७ सांसदको समेत हस्ताक्षर थियो ।

कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदीय दलमा आउनासाथ मुख्यमन्त्री शाहीले ओली पक्षका प्रमुख सचेतक गुलाबजंग शाहलाई संसदीय दलको नेताबाट हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतक बनाएका थिए ।

असोज २५ गते अविश्वासको प्रस्ताव पेस भएपछि उत्पन्न विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वयले विवादित पक्षलाई काठमाडौं बोलाएका थिए । तर एक सातासम्म बस्दासमेत निर्णय दिन नसकेपछि दाहाल–नेपाल समूहका नेताहरु सुर्खेत फर्केर यस्तो निर्णयमा पुगेका हुन् ।

कँडेलपक्षीय सांसद गुलावजंग शाहले भने मुख्यमन्त्रीले अल्पमतमा परेको अवस्थामा गरिएको निर्णयको आधारमा भएको बैठकलाई वैधता दिन नसकिने बताए । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले दिएको लिखित निर्देशन समेत नमानिएको उनले आरोप लगाएका छन् ।

उनका अनुसार ओलीले बुधबार मुख्यमन्त्री शाहीलाई प्रमुख सचेतक सम्बन्धी निर्णय सच्याउन निर्देशन दिएका थिए । दलका नेता शाहीले भने प्रस्ताव पेस भएकै दिन ‘काम सन्तोषजनक रुपमा गर्न नसकेको’ भन्दै शाहीलाई पदमुक्त गरी नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा ३ मन्त्री थपिदै : यी हुन् नयाँ बन्ने मन्त्रीहरु
कर्णालीमा प्रचण्ड पक्षलाई माधव पक्षको साथ : मुख्यमन्त्री शाहीको जोगियो पद
कर्णालीमा नेकपाको आन्तरिक लडाइँ चरम उत्कर्षमा : मुख्यमन्त्रीले प्रमुख सचेतक शाह हटाई नियुक्त गरे नेपालीलाई
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध बुझाइयो अविश्वासको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !