२९ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध बुझाइयो अविश्वासको प्रस्ताव


महेन्द्रबहादुृर शाही

सुर्खेत, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा प्रदेशका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् ।

सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका छन् । सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए ।

नेपालको स‌विधानको धारा १८८ को उपधारा ४ अनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ ।

अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर लगायत रहेका छन् । यद्यपि अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता भएको छैन । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

कर्णाली प्रदेशमा प्रत्यक्ष निर्वाचित २४ ‍जना, समानुपातिकबाट १६ जना गरी जम्मा ४० सांसदहरू रहेका छन् । जसमा नेपाल कम्युनिष्ट पार्टीबाट ३३ जना नेपाली काँग्रेसबाट ६ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना गरी जम्मा ४० जना सांसदहरुको प्रतिनिधित्व रहेको छ ।

यी हुन् अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध बुझाइयो अविश्वासको प्रस्ताव कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध बुझाइयो अविश्वासको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !