१५ बैशाख २०८१, शनिबार

गढीमाई मेलामा पशुको होइन नरिवल, कुभिण्डो, घिरौलाको बलि दिऔ 


गढीमाई पशुबली रोकौ अन्तर्क्रिया

असोज ९, पर्सा । बारा जिल्लाको गढीमाई मेला विश्वमै सबैभन्दा बढी पशुबली दिइने मेला हो। बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षको अन्तरालमा मेला लाग्छ। यो पालीको मेला मंसिर १७ गतेदेखि सुरु हुँदैछ । ३ दिन चल्ने मेलामा मंसिर १९ गते बली दिने दिन परेको छ । गढीमाईको मेलामा एकैदिन राँगा र पाडा गरी करिब २५ हजार पशुको बली दिने गरिन्छ ।

विश्‍व प्रसिद्ध बाराको गढीमाई मेलामा पशु बली प्रथालाई निरुत्साहित गर्न लागि बिहीबार बिरगञ्‍जमा अन्तरक्रिया गरिएको छ । सर्वोच्च अदालतले गढीमाई मेलमा पशु बलि निरुत्साहित गर्ने बिषयमा अन्तर्क्रिया एवम् छलफल कार्यक्रमको आयोजना गरेको हो । अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका वक्ताहरुले पशुको सटा नरिवल, कुभिण्डो, घिरौलाको बलि दिनुपर्ने सहभागीहरुले जोड दिएका थिए ।

अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले कुनै पनि बलि दिने ठाउँमै गएर तपाई बलि दिन पाउनु हुन्न भनेर भन्ने अवस्था नरहेको बताए । उनले सर्वोच्च अदालतले गढीमाई मेलामा पशुबली निरुत्साहित गर्न दिएको आदेश कार्यान्वयन गर्नको स्थानीय तहले हरसम्भव प्रयास गर्नुपर्ने जिकर गरे । उनले नरिवल कुभिण्डो घिरौलाको बलि दिने प्रथा केही समयदेखि प्रचलनमा रहेको बताउदै पशुको सटामा यस्ता चीजहरुको बलि दिनुपर्ने कुरामा जोड दिए।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले पशुलाई पशु बलिलाई घटाउदै लैजानुपर्ने सकेसम्म यसलाई रोक्नु पर्ने कुरामा जोड दिए । उनले समाज परिबर्तनको अलि समय लागने बताउदै पशु बलिको ठाउमा नरिवल, कुभिण्डो, घिरौला लगायतको बलि दिने गरी सभ्य तरिकाले चाडबाड बनाउन भटराईले आग्रह गरे।

उच्त अदालत अस्थायी ईजलाश बिरगञ्जका मुख्य न्यायधीश डिल्लरिाम आचार्यले समाजमा भएको खुटा तान्ने प्रवृतिलाई बलि दिइनुपर्ने बताए । उनले लोभ खराब आदतहरुसँगै लागु पदार्थको पनि बलि दिनुपर्ने भन्दै मानिसहरुको नियत नबदलेसम्म समाज सुधार हुननसक्ने बताए । उनले कुनै पनि शास्त्रमा पशुबली प्रथाको कुरा उल्लेख नभएको जिकिर गरे ।

बिरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले पशुबली नभई सूर्ती जन्य पदार्थ, रक्सी दुर्व्‍ययसन आफुभित्र रहेका बिकार, लोभ क्रोधको बली दिन आवश्यक रहेको बताए । नजिकिदै गरेको दशै पर्बमा गढीमाई मन्दिरमा मात्रै नभई हजारौ पशुपँक्षीहरुको बलि बिरगञ्जमा रहेको मठ मन्दिर तथा शक्ति पीठहरुमा दिईने गरेको मेयर सरावगीले बताए । पशुबली पशु ब्यापार भएकोले यसलाई रोक्नुपर्ने भन्दै रोक्नको लागि हरेक हत्कण्डा अपनाउनुपर्ने र आवश्यक परेको खण्डमा कानुनी डण्डा समेत चलाउनु पर्ने कुरामा मेयर सरावगीले जोड दिए ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गोविन्दबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशनालयका निर्देशक शिवकुमार पोखरेल, पुर्वमन्त्री कलावती पासवान, जिल्ला अदालत पर्साका न्यायधीश प्रकाश खरेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराई, बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौर, बाराका सशस्त्र प्रहरी नायव उपरीक्षक न्युटन पुरी, बाराका दलित अधिकारकर्मी सिकेन्द्र पासवानका साथै पर्सा र बाराका सरकारी कार्यालयका प्रमुख र प्रतिनिधि, पशु संरक्षण अभियन्तता, युवा, विधार्थी, सञ्चारकर्मी लगायतको पनि सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !