१८ बैशाख २०८१, मंगलबार

१० वर्षीया बहिनीको पेटमा आफ्नै १५ वर्षीय दाजुको गर्भ, सजाय हजुरआमालाई


महिला हिंसा

एजेन्सी, अर्जेन्टीनाको पसोडास क्षेत्रको यस्तो घट्ना घरेको छ जुन सोच्दा पनि अचम्म लाग्छ पसोडास क्षेत्रको एक दश वर्षीया बालिकाको पेट दुखेपछि आफन्तले अस्पताल पुर्याएर चेक गर्दा अस्पतालले बालिका ८ महिनाको गर्भवती भएको जानकारी दियो । अनुसन्धानबाट खुल्यो उनका १५ वर्षीय दाजुले बलात्कार गरेका थिए । अर्जेन्टीनाको पसोडास क्षेत्रको यो घटनाका बारेमा डेलीमेलले लामो रिपोर्ट सार्वजनिक गरेको छ ।

स्थानीय कानुनअनुसार नाबालिगविरुद्ध कुनै पनि प्रकारको मुद्दा चल्दैन । तर सामाजिक बिकास विभागले भने आरोपी दाजुलाई घरपरिवारबाट छुट्टै बनाएको छ । बाल बिकास विभागकी प्रमुख अना मारिया पेरिराले पीडित बालिका र उनको पेटमा रहेको बच्चाको स्वास्थ्यमा खतरा रहेको बताएकी छन् । तर बच्चा जन्मेपछि उनकी हजुरआमालाई कैद सजाय दिइने छ । हजुरआमालाई यो घटनाका बारेमा जानकारी भएकाले उनलाई सजाय दिइने स्थानीय अधिकारीले बताएका छन् । १५ वर्षीय दाजु भने यो घटनामा दोषी नहुने स्थानीय कानुन छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !