२५ बैशाख २०८१, मंगलबार

दिल्लीमा कोरोना संक्रमितको संख्या २ हजार १५६ जना


दिल्लीमा कोरोना संक्रमित

१० वैशाख । भारतको दिल्ली महानगरमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार १५६ पुगेको छ । दिल्लीमा मात्र यतिधेरै संक्रमित हुन पुगेका यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बुधबार जानकारी दिनुभएको छ ।

यी संक्रमितमध्ये ६११ जना निको भएर घर फर्किएका जनाइएको छ । बुधबार बिहानसम्म संक्रमितको संख्या यति पुगेको र मंगलबार मात्र ७५ जना थपिएको सो समाचारमा जनाइएको छ ।

नयाँ दिल्लीमा रहेका यी संक्रमितमध्ये २७ जना आइसियुमा रहेका छन् भने ५ जना भेन्टिलेटरमा राखिएको स्वास्थ्यमन्त्री जैनले एएनआई समाचार समितिलाई बताउनुभयो ।

यसैगरी दिल्लीका पनि कैयौँ पत्रकारलाई कोरोनाको संक्रमण भएका समाचारहरु पनि आइरहेको जानकारी उहाँले दिनुभयो । तर कतिजना पत्रकारलाई संक्रमण भएको छ भन्ने बारेमा भने उहाँले केही बताउनुभएन ।

त्यसैगरी महाराष्ट्र राज्यमा पनि कारोनाबाट कैयौँ पत्रकार संक्रमित भएका समाचार आएको छ भन्दै उनीहरुको उपचारका लागि हामीहरुले विशेष व्यवस्था गर्नेछौँ, मन्त्री जैनले बताउनुभयो । पत्रकारहरुले आफुले चाहेमा परीक्षण गर्न सक्ने पनि उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !