२४ बैशाख २०८१, सोमबार

विश्वमा पछिल्लो २४ घण्टामा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित


कोरोना भाइरस

एजेन्सी । विश्वमा २४ घण्टामा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

अन्तर्राष्ट्रिय समाचार अनुसार शनिबार अमेरिकामा पुनः सर्वाधिक बढी ४ लाख ६८ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटालीमा १ लाख ९७ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तैगरी भारतमा १ लाख ४७ हजार, बेलातयमा १ लाख ४६ हजार, अस्ट्रेलियामा १ लाख १५ हजार र अर्जेन्टिनामा १ लाख १ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

अन्तर्राष्ट्रिय समाचार अनुसार २४ घन्टामा ४,७७१ जनाको मृत्यु कोरोनाको कारण भएको छ । यसैगरी विश्वभरी कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख नाघेको छ । ​विश्वभरीमा हालसम्म कुल संक्रमितको संख्या ३०.५९ करोड, निको भएकाको संख्या २५.८९ करोड, सक्रिय संक्रमित ४.१५ करोड, कुल मृत्यु ५५.०२ लाख रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !