२० बैशाख २०८१, बिहिबार

सलमान खानलाई सर्पले टोक्यो, कस्तो छ उनको स्वास्थ्य अवस्था ?


सलमान खानलाई सर्पले टोक्यो

काठमाडौँ । बलिउड सुपरस्टार सलमान खानलाई सर्पले टोकेको छ । पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ ।

क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका उनलाई आज आइतबार बिहान साढे ३ बजे उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सर्पले टोकेपछि उनलाई मुम्बईस्थित एमजीएम अस्पताल लगिएको थियो । उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ । उपचारपछि उनी आइतबार विहानै साढे ९ बजे डिस्चार्ज गरिएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् ।

सलमानको फार्म हाउस ठूलो छ । फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन् । उनको भोली अर्थात २७ डिसेम्बरमा जन्म दिन हो । खान आफ्नो जन्मदिन मनाउनका लागि यो फार्म हाउस जाने गर्छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !