२३ बैशाख २०८१, आइतबार

श्रीलङ्कामा देशव्यापी कफ्र्युको म्याद फेरि थप


श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थल सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने

कोलम्बो । श्रीलङ्कामा देशव्यापी कफ्र्युको म्याद फेरि थप गरिएको छ । स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाले शुक्रबार दिएको जानकारी अनुसार थप गरिएको कफ्र्यु आगामी अक्टोबर १ सम्म लागु हुनेछ ।

कोरोनाभाइरसको महामारी थप फैलिने खतरा अझै पनि रहेकाले कफ्र्युको म्याद थप्नु परेको उहाँको भनाइ छ ।

राष्ट्रपति गोटावाया राजापाक्षेको अध्यक्षतामा बसेको राष्ट्रपतीय कार्यदलको बैठकले कफ्र्युको म्याद थप्न अनुमति दिएको हो ।

महामारीको अवस्था र विज्ञहरूको विश्लेषण तथा सुझावका आधारमा कफ्र्युको म्याद थप्ने बारेमा स्वास्थ्य मन्त्रीले प्रस्ताव गर्नु भएको थियो ।

कफ्र्यु लागु भएपनि अत्यावश्यक सेवा तथा कामका लागि भने कुनै बाधा नहुने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

“आम नागरिकको आधारभूत आवश्यकता, बाध्यता र अनिवार्यतासँगै देशको अर्थतन्त्रलाई समेत ध्यान दिएर हामीले अत्यावश्यक कतिपय काम तथा सेवा सञ्चालनका लागि कुनै बाधा नहुने व्यवस्था गरेका छौँ,” स्वास्थ्य मन्त्री राम्बुक्वेलाले भन्नुभयो ।

कफ्र्युका कारण महामारी न्युनिकरणका लागि धेरै सहयोग पुगेको दावी गर्दै उहाँले चाडै सवै नागरिकले खोप लगाउन पाउने विश्वास व्यक्त गर्नुभयो ।

श्रीलङ्कामा अहिले पनि डेल्टा भेरियन्टको कोरोनाभाइरस तिव्र रुपमा फैलिएको विज्ञहरुले जानकारी दिएका छन् ।

श्रीलङ्कामा अहिलेसम्म चार लाख ९८ हजार ६९४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ११ हजार ८१७ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !