निकारागुवामा विपक्षी नेताहरु पक्राउ Nepalpatra निकारागुवामा विपक्षी नेताहरु पक्राउ
९ श्रावण २०७८, शनिबार

निकारागुवामा विपक्षी नेताहरु पक्राउ


पक्राउ

मानागुवा । निकारागुवाको प्रहरीले विपक्षी नेताहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।

पछिल्लो हप्तामा मात्रै प्रभावशाली छ नेतालाई पक्राउ गरिसकिएको अधिकारीले जानकारी दिएका छन् ।

ती मध्ये पाँच जना आइतबार मात्रै पक्राउ परेका हुन् । राष्ट्रपति डानीयल अर्टेगाको सरकारलाई चुनौति दिने नेताहरुलाई छानिछानी पक्राउ गर्ने गरिएको छ ।

पक्राउ पर्नेमा गत नोभेम्बरमा भएको निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेताहरु पनि रहेका छन् ।

प्रहरी अधिकारीहरूले यही जुन २ देखि गिरफ्तार गर्ने क्रम सुरु गरेको र अहिलेसम्म १३ जनालाई गिरफ्तार गरिसकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !