१५ बैशाख २०८१, शनिबार

मेक्सिकोमा हेलिकोप्टर दुर्घटना, १४ जनाको मृत्यु


airplain

एजेन्सी, ६ फागुन । मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भूकम्पको इपिसेन्टर ओक्साआकाको नजिकै सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा सवार आन्तरिक मामिला मन्त्री र ओक्साआकाका गभर्नर भने सकुशल रहेको बिबिसीले जनाएको छ । आन्तरिक मामिला मन्त्रीले हेलिकोप्टर अवतरणको क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको र ६ महिने बच्चासहित १४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !