८ बैशाख २०८१, शनिबार

मानिसका शरीरका विभिन्न भागमा भएका कोठी र तिनको संकेत


कोठी

मानिसको शरीरको कुनै न कुनै भागमा कोठी हुने हुन्छ । कोठी धेरै किसिमको हुन्छ । कतिलाई त कौतुहुल्ता पनि होला कुन ठाउँको कोठीले के अर्थ राख्छ ? शरीरका विभन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ ।

हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। कोठीलाई चिकित्सकीय भाषामा छाला सम्बन्धी समस्याको रुपमा हेरिएपनि धर्मशास्त्रहरुले भने यसको विशेष अर्थ रहने विश्वास गरेका छन् । शरीरमा भएका कोठीहरुले मानिसको भाग्यको संकेत गर्ने विश्वास लिइन्छ ।

ज्योतिषको आधारमा आज हामी तपाईलाई शरीरका यस्तो स्थान बताउँदैछौं जहाँ कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ । मानव शरीरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा कोठी हुने गर्दछन् ।

केही मानिसहरुलाई शरिरको यो कोठी निकै राम्रो लाग्छ भने कतिलाई यस्तो कोठी घृणा लाग्छन् । तर कोठी कुन स्थानमा हुन्छ, त्यसले भाग्यलाई पनि दर्साउँछ । ज्योतिषको आधारमा आज हामी तपाईंलाई यस्ता केही स्थानबारे जानकारी दिँदै छौं जहाँ कोठी हुनु भाग्यको प्रतिक मानिन्छ ।

१. दाहिने गालामा कोठी हुने व्यक्ति धनवान हुन्छ ।

२. देब्रे गालामा कोठी हुने व्यक्ति बढी खर्चालु हुन्छ ।

३. दाहिने आँखामा कोठी हुने व्यक्ति भावुक हुनुका साथै डाहाडे स्वभावका हुन्छन् ।

४. देब्रे आँखामा कोठी हुेन व्यक्ति झगडालु स्वभावका हुन्छन् ।

५. नाकमा कोठी हुने व्यक्तिले यात्रा धेरै गर्छन् ।

६. कानमा कोठी हुने व्यक्ति अल्पायुका हुन्छन् ।

७. गर्धनमा कोठी हुने व्यक्तिहरु बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।

८. टाउकोमा कोठी हुने व्यक्तिहरु राजनीतिमा सफल हुन्छन् ।

९. दाहिने पाखुरामा कोठी भएका व्यक्तिहरु प्रतिष्ठित र बुद्धिमान हुन्छन् ।

१०. दाहिने हत्केलामा कोठी हुने व्यक्ति वलावान हुन्छन् ।

११. औंलामा कोठी हुने व्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।

१२. दाहिने खुट्टामा कोठी हुने व्यक्ति बुद्धिमान हुन्छन् तर खर्चालु स्वभावका हुन्छन् ।

१३. बायाँ गालामा कोठी हुने व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।

१४. माथिल्लो ओठमा कोठी हुनेहरु कामोत्तेजक र तल्लो ओठमा हुनेहरुलाई दुखले कहिले छोड्दैन ।

१५. गलामा कोठी हुने व्यक्ति दीर्घायु र राम्रो आवाजको धनी हुन्छन् ।

१६. दाहिने छातीमा कोठी हुने व्यक्ति ले आफ्नो पत्नीलाई खुबै प्रेम गर्छन् ।

१७. कम्मरमा कोठी हुने व्यक्तिले जिन्दगीभरि समस्याहरुसंग लडिरहनु पर्छ ।

१८. पेटमा कोठी हुने खानाको पारखी हुन्छन् ।
(संकलित )

यो पनि पढ्नुहोस् 

शरीरका यी स्थानमा कोठी हुने व्यक्तिहरु भाग्यमानी हुन्छन

मानिसको शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !