८ बैशाख २०८१, शनिबार

भाग्यमानी व्यक्तिको हातका औंला हुन्छन् यस्ता


हातका औंला

भाग्यमानी व्यक्तिको हातका औंला हुन्छन् यस्ता । हत्केलामा कुनै रेखाको बिशेष स्थान हुने गर्दछ । जसले हाम्रो जीवनमा अधिक महत्वपूर्ण सुख प्राप्त गर्नको लागि संकेत दिने गर्दछ । कुनै पनि मानिसको भाग्य र भविष्य आफ्नै हातमा लुकेको हुन्छ । हाम्रो औंलाको लम्बाईले पनि हाम्रो भविष्यको बारेमा बताउने गर्छ । यसबाट जो कोहीले आफ्नो स्वभावको बारेमा समेत जान्न सक्छन् । आज हामी तपाईहरुलाई हातको औंलाले जीवनमा पर्ने प्रभावबारे जानकारी गराउन जाँदैछौँ ।

१. साहिली औंला चोर औंला भन्दा ठूलो हुने व्यक्तिहरु

हस्तरेखा विज्ञानको अनुसार जुन व्यक्तिको साहिली औंला चोर औंला भन्दा ठूलो छ उसको व्यक्तित्व धेरै आकर्षित हुने गर्छ । यी व्यक्तिहरु आफूले मनमा सोचेका कार्यहरु समयमा नै सम्पन्न गर्ने अठोट लिई अगाडी बढछन् र आफ्नो लक्ष्य पूरा गर्न समेत सफल हुन्छन् । यिनीहरुमा आफ्नो जीवनमा आईपरेका हरेक समस्याहरु आफै हल गर्ने प्रयास गर्दछ ।

२. चोर औंला साहिली भन्दा ठूलो हुने व्यक्तिहरु

विज्ञानका अनुसर चोर औंला साहिली भन्दा ठूलो हुने व्यक्तिहरुमा अधिक मात्रामा आत्मविश्वास हुने गर्छ । हस्तरेखा विज्ञानका अनुसार यी व्यक्तिहरु प्राय: एक्लै बस्न रुचाउने र आफ्ना सबै कार्यहरु क्रमबद्ध रुपमा गर्दै जाने स्वभावका हुन्छन् । अन्य कसैको कुरा नसुनी आफ्नै तरिकाले काम गर्नु यी व्यक्तिहरुको मुख्य विशेषता मानिन्छ ।

३. चोर औंला र साईली औंला बराबर भएका व्यक्तिहरु

हस्तरेखा विज्ञानका अनुसार जुन व्यक्तिको चोर औंला र साहिली औंला दुवै बराबर छन् ती व्यक्तिहरु निकै शान्त स्वभावका हुने गर्छन् । यी व्यक्तिहरु अन्य कोहीसँग कुनै झमेला वा झगडा गर्नबाट टाढा रहने गर्छन् । यसैगरी भलादमी वा इमान्दारी स्वभाव यिनीहरुको मुख्य विशेषता हो । यिनीहरुलाई सफलता प्राप्त गर्नबाट कसैले रोक्न सक्दैन ।

यो पनि पढ्नुहोस्

आफ्नो व्यक्तित्वबारे थाहा पाउन सकिन्छ जन्म बारवाट

शरीरका यी स्थानमा कोठी हुने व्यक्तिहरु भाग्यमानी हुन्छन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !