७ बैशाख २०८१, शुक्रबार

हातको औँलाबाट थाहा हुन्छ तपाईको नेतृत्व क्षमता  


हातको औँला

हातको औँलाबाट थाहा हुन्छ तपाईको नेतृत्व क्षमता । हस्तरेखा विज्ञानलाई समुन्द्र शास्त्र पनि भनिन्छ । यस पद्धति अनुसार हातको बनावट, औंलाका आकार प्रकार तथा हातका रेखाको आधारमा मानिसको नेतृत्व क्षमता बारेमा बताउन सकिन्छ ।

समुन्द्र शास्त्र अनुसार व्यक्तिको हातको चोरी औंला हेरेरै उसमा नेतृत्व गर्न सक्ने क्षमता कति छ र छैन भन्ने कुरा थाहा पाउन सकिन्छ । चोरी औंलाको प्रभाव व्यक्तिको नेतृत्व क्षमतामा चोरी औंलाको तल पट्टी ‘गुरु पर्वत’ हुने भएका कारणले यसलाई गुरु औंला पनि भनिन्छ । समुन्द्र शास्त्रमा यही औंलाको आधारमा नै कुनै पनि ब्यक्तिमा रहेको नेतृत्व क्षमताको थाहा पाउन सकिने उल्लेख गरिएको छ ।

चोरी औंला र माझी औंला बराबर भएमा

यदि तपाईको चोरी औंला र माझी औंला बराबर छन् वा केही लामो छ भने तपाईमा राम्रो नेतृत्व क्षमता छ । यस्ता खालका व्यक्तिहरु असल र प्रभावशाली हाकिम बन्न सक्छन् । यसको साथै यदि यी औंला सहित अन्य लक्षणहरु पनि मिल खाएमा यस्ता ब्यक्तिले हजारौं मानिस माथि राज गर्न सक्ने छन् अर्थात् ठुलै कम्पनी वा समुहको नेतृत्व गर्ने सौभाग्य प्राप्त गर्दछन् ।

चोरी औंला माझी औंला भन्दा पनि लामो भएमा तथा औंला सामान्य लम्बाइ भन्दा पनि छोटों भएमा

यदि गुरु औंला माझी औंला भन्दा पनि लामो छ भने त्यस्तो ब्यक्ति अत्याधिक घमण्ड गर्ने प्रवृतिका हुन्छन् । यस खालका मानिसहरुले अरुलाई मान्छेलाई मान्छे नगने तानाशाही खालका हुने गर्दछन् । त्यसैगरी कुनै पनि ब्यक्तिको चोरी औंला सामान्य लम्बाइ भन्दा पनि छोटों भएको खण्डमा त्यस्ता ब्यक्ति कम महत्वाकाँक्षी हुन्छन् । यिनीहरुलाई नयाँ काम गर्नमा खासै उत्साहित हुदैनन्। यिनीहरु जे छ त्यसैमा सन्तुस्ट हुने खालका हुन्छन् ।

चोरी औंला अनामिका औंला भन्दा लामो भएमा तथा चोरी औंला र अनामिका औंलाको लम्बाइ बराबर भएमा

यदि चोरी औंला अनामिका औंला भन्दा लामो छ भने यस्ता मानिस अत्याधिक महत्वाकाँक्षी हुन्छन् र कहिले काँहि अति उत्साहित भएर काम समेत बिगार्ने गर्दछन्। यिनीहरु बच्चा जस्तै सानै कुरामा पनि अति उत्साहित हुने स्वभावका हुन्छन् । यिनीहरुले समय समयमा धनको नाश समेत ब्यहोर्नु पर्ने हुनसक्छ । यदि कुनै ब्यक्तिले अनामिका र चोरी औंलाको लम्बाइ बराबर छ भने त्यस्ता ब्यक्ति अत्याधिक पैसा कमाउने र मान सम्मान समेत प्राप्त गर्दछन् । यस्ता ब्यक्ति हरेक परिस्थितिमा सन्तुष्ट रहन्छन् ।

चोरी औंलाको पहिलो भाग अन्य दुई भाग भन्दा लामो अथवा छोटो भएमा

हस्तरेखा शास्त्रका अनुसार समान्यतया हाम्रो औंलामा तीन भाग हुन्छन् । ती तीन भागमा ब्यक्तिको स्वभाव अध्यन गर्न सकिने दावी गर्छ । यदि चोरी औंलाको पहिलो भाग (नङतिरको भाग) अन्य दुई भाग भन्दा बढी छ भने यस्ता ब्यक्तिको नेतृत्व क्षमता राम्रो हुन्छ । तर यो भाग अन्य २ भागको तुलनामा सानो छ भने त्यस्ता ब्यक्ति कमजोर हुन्छन् र यिनीहरुको हिनताबोध बढी हुन्छ ।

चोर औंलाको बिचको भाग ठूलो अथवा सानो भएमा

चोर औंलाको बिचको भाग ठूलो हुने ब्यक्ति अंहकारी हुन्छन् र यस्ता ब्यक्तिले दिएको काम दक्षतापूर्ण तरिकाले गर्छन् । यिनीहरुको घर र समाजमा राम्रो स्थान हुन्छ । तर यो भाग सानो छ भने त्यसको विपरित कुनै पनि काम दक्षतापूर्ण रुपमा गर्न सक्दैनन् । हस्तरेखा शास्त्रमा उल्लेख भए अनुसार जुन मानिसको चोरी औंलाको तल पट्टिको भाग अरु औंलाको भन्दा ठूलो हुन्छ, ति मानिसहरु शारीरिक हिसाबले बलियो र बल प्रदर्सन गर्न खोज्ने प्रवृतिका हुन्छन् ।

यो पनि पढ्नुहोस्

आफ्नो व्यक्तित्वबारे थाहा पाउन सकिन्छ जन्म बारवाट

शरीरका यी स्थानमा कोठी हुने व्यक्तिहरु भाग्यमानी हुन्छन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !