४ बैशाख २०८१, मंगलबार

आफ्नो भाग्य नङ हेरेर थाहा पाउनुहोस्


नङ

आफ्नो भाग्य नङ हेरेर थाहा पाउनुहोस् । नङले तपाईंको हात र गोडाको सुन्दरता बढाउने मात्र होइन, यसले त तपाईंको स्वास्थ्य स्थिति र भाग्य पनि बताउँछ । प्रकृतिले हाम्रो शरीरका हरेक अंगलाई विशेष विचार गरेर बनाएको छ । हरेक अंगको आफ्नै महत्व छ । कपाल होस् वा नङ हरेक अंगको अर्थ र महत्व छ । तपाइँलाई थाहा नहुन सक्छ हाम्रा नङको रंग र आकार हेरेर स्वास्थ्य समेत थाहा पाउन सकिन्छ । कस्ता नङ भएका ब्यक्तिको भाग्य र स्वास्थ्य कस्तो ?

१. सफा र गुलावी नङ

हस्तरेखा विज्ञान अनुसार जुन ब्यक्तिका नङ गुलावी र सफा हुन्छन् त्यस्ता ब्यक्तिको स्वास्थ्यमा समस्या हुन सक्छ । यस्ता नङ भएका ब्यक्तिलाई चिनीरोग अर्थात मधुमेहको पनि डर हुन्छ ।

२. नीलो रङ

कुनै पनि ब्यक्तिको नङको रंग निलो छ भने यस्ता ब्यक्तिलाई मुटुको समस्या हुन सक्ने वा फोक्सोमा समेत समस्या हुन सक्छ ।

३. गोलो नङ

कुनै पनि ब्यक्तिको नङ गोलो आकारको छ भने त्यस्ता ब्यक्तिलाई स्वास-प्रश्वास सम्बन्धी समस्या हुनसक्छ । यस्ता नङ हुनेलाई फोक्सो सम्बन्धी समस्या समेत हुन सक्छ ।

४. धब्बा भएका नङ

कुनै पनि ब्यक्तिका नङ धब्बा र रेखा कोरिएका छन् तर लालिमायुक्त छन् भने त्यस्ता ब्यक्ति धनी हुन्छन् । नङको आकार ‌औंलाको टुप्पो भन्दा आधा आकारको छ भने त्यस्ता नङ सबै भन्दा राम्रा मानिएका छन् ।

५. राता र चम्किला नङ

कुनै पनि स्त्रीका नङ राता र चम्किला छन् भने त्यस्ता स्त्री भाग्यशाली हुन्छन् । उनीहरुलाई मायाँ गर्ने धनी पति पर्छन् । परिवारमा सुख नै सुख हुन्छ ।

६. पहेंला नङ

गरुड पुराणमा भनिएको छ कि पहेंलो रंगका नङ हुने पुरुष नपुशक हुने सम्भावना हुन्छ ।

७. बाहिर निस्किएका र गुलावी रङ

औंलाको भाग भन्दा पनि बाहिर निस्किएका तथा गुलावी आकारका नङ सौभाग्यको प्रतिक मानिन्छ ।

यो पनि पढ्नुहोस्

भाग्यमानी हुन्छन् यस्ता जीवनसाथी भएका मान्छे

आफ्नो व्यक्तित्वबारे थाहा पाउन सकिन्छ जन्म बारवाट

शरीरका यी स्थानमा कोठी हुने व्यक्तिहरु भाग्यमानी हुन्छन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !