१२ बैशाख २०८१, बुधबार

धनी हुने ब्यक्तिका हातका रेखाहरु हुन्छन् यस्ता


हातका रेखाहरु

धनी हुने ब्यक्तिका हातका रेखाहरु हुन्छन् यस्ता । हस्तरेखा विज्ञानको सहायताले मानिसको भूत, भविष्य तथा बर्तमान थाहा पाउन सकिन्छ । यस्तै हस्त रेखाका आधारमा भाग्य निर्माण हुने ज्योतिषशास्त्रको दावी छ । हस्तरेखा विज्ञानले मानिसको सबै कुरा हातका रेखाले निर्धारण गर्ने बताउँछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यिनको प्रभाव जीवनभर रहने बताइन्छ । तर यस्ता प्रकारका रेखाहरु जन्म हुनु अगावै निर्धारण हुने जन्म पश्चात यस्तो रेखा निर्माण हुने बताइएको छ । यस्तै हस्तरेखाकै आधारमा जिवन ब्यतित हुने गर्दछ । हस्तरेखा विज्ञान अनुसार धनी हुने ब्यक्तिका हातका रेखा हुन्छन् भन्ने विषयमा चर्चा गरेका छौं ।

१. जौको चिन्ह

समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातमा औंलाको जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ ।

२. शंखको चिन्ह

अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ ।

जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण हुन्छन् । १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छ भने ८ वटा शंख हुने सुखी र धनी हुन्छन् ।

३. चक्रको चिन्ह

हस्त रेखामा हातमा हुने चक्रको बारेमा पनि चर्चा गरिएको छ । जुन ब्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुन्छन् । १ मात्र औंलामा चक्र भएमा विद्वान हुन्छ । २ औंलामा चक्र छ भने सुन्दर हुने मानिन्छ भने ३ औंलामा चक्र हुने ब्यक्ति सुखी हुन्छन् र यस्ता ब्यक्तिलाई भोग र विलाश मन पर्छ ।

४. सूर्य पर्वत

हातको अनामिका औंलाको फेंदमा सूर्य पर्वत हुन्छ । सूर्यको सम्बन्ध राजनीतिक र सरकारी उच्च क्षेत्रसँग मानिन्छ । सूर्य रेखा सफा छ भने यस्ता ब्यक्ति सरकारी उच्च पदमा पुग्छन् । त्यसमा त्रिभुज समेत छ भने उनीहरुको प्रभाव देशमा मात्र होइन विदेशमा समेत हुन्छ ।

यो पनि पढ्नुहोस् 

शरीरका यी स्थानमा कोठी हुने व्यक्तिहरु भाग्यमानी हुन्छन

मानिसको शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !