२३ बैशाख २०८१, आइतबार

अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा ४ सुरक्षाकर्मीको मृत्यु


मृत

काबुल, २८ असार । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा शनिबार भएको झडपमा अफगान सुरक्षाफौजका कम्तीमा चार सुरक्षाकर्मीको मृत्यु भएको अफगान सेनाले जनाएको छ । उक्त घटनामा अरु १० सुरक्षाकर्मी घाइते भएका छन् ।

तालिबान समूहले चेसमाये शिर र बाघ–ए–शमाल क्षेत्रको बग्लान–समानगान राजमार्गमा अफगान सैनिक जाँच पोस्टमा आक्रमण गरेका थिए । भिडन्तका कारण राजमार्ग केही घण्टासम्म बन्द गरिनुका साथै चार वटा अफगान सेनाका बख्तरबन्द गाडी ध्वस्त भएका छन् ।

बग्लानस्थित एक सैनिक कमान्डरले तालिबान समूहको पनि ठूलै क्षति भएको दाबी गर्नु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !