१४ बैशाख २०८१, शुक्रबार

भारतको उत्तर प्रदेशको कानपुरमा मुठभेड हुँदा ८ जना प्रहरीको मृत्यु


भारतको उत्तर प्रदेशको कानपुरमा मुठभेड हुँदा ८ जना प्रहरीको मृत्यु

एजेन्सी, असार १९ । भारतको उत्तर प्रदेशको कानपुरमा हतियारधारीको आक्रमणमा परी ८ जना प्रहरीको मृत्यु भएको छ । प्रहरीको खोजी सूचीमा रहेका उत्तर प्रदेशका कुख्यात गुण्डा नाइके विकास दुवेलाई पक्रन गएको प्रहरी टोलीमाथि गोली प्रहार हुँदा डीएसपी देवेन्द्र मिश्रासहित ८ जना प्रहरीको मृत्यु भएको भारतीय सञ्चार माध्यले जनाएका छन् ।

विकास दुवेको समूहले प्रहरीलाई घेरा हालेर अन्धाधुन्द गोली प्रहार गरेको जनाइएको छ । आक्रमणकारीहरुले प्रहरीको हतियार समेत लुटेका छन्। घटनामा विकास दुवे समूहका तीनजना पनि मारिएका प्रहरीले जनाएको छ।

विकास दुवेविरुद्ध कानपुरमा राहुल तिवारीले हत्या प्रयासको मुद्दा दायर गरेका थिए । त्यपछि विकासलाई पक्राउ गर्न प्रहरी उनको गाउँ गएको थियो। प्रहरीलाई रोक्न विकास देवेको गिरोहले सडकमा जेसिबी राखेको थियो ।

प्रहरी त्यहाँ पुगेलगत्तै फायरिंग सुरु भएको बताइएको छ । घटनापछि प्रहरीले उत्तर प्रदेशको सबै सीमा सिल गरेको छ । घाइते भएका प्रहरीलाई अस्पताल भर्ना गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !