४ जेष्ठ २०८१, शुक्रबार

सनसिटी अपार्टमेन्टमा २९६ को र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ


सनसिटी अपार्टमेन्ट

३ वैशाख, काठमाडौं । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेभिट आएको छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका २ जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे ९ बजेबाट र्‍यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो ।

सोमबार सो सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये छोरा र आमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ र कोरोना संक्रमण पुष्टि भएको हो । साथै बाँकी बुहारी १ जनाको भने नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।

स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर ३ वटा टेबलबाट परीक्षण भइरहेको छ । ५ वटा ब्लक भएको सनसिटीमा ५०० परिवारहरुमा करीव १५०० जना बस्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट शुरु

सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंको पेप्सीकोलामा एकै परिवारका ३ जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

कैलालीमा ६५ वर्षीया १ बृद्धामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १३

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !