२२ बैशाख २०८१, शनिबार

पोखरामा देखियो कोरोना परीक्षण पोजेटिभ, पुनः परीक्षणका लागि पठाइयो टेकु


कोरोना संक्रमित

२१ चैत, काठमाडौं । नेपालमा फेरी १ जना कोरोना भाइरस (कोभिड-१९) परीक्षण पोजेटिभ देखिएपनि औपचारिक पुष्टि हुन भने बाँकी छ । उनी भारतबाट नेपाल फर्किएका कास्कीका एक व्यक्ति भएको जानकारी प्राप्त भएको छ । उनको कोरोना भाइरस परीक्षण पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।

अहिलेसम्म संक्रमित ६ जनामध्ये पहिलो १ जना कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भएर घर गइसकेका छन् । दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती हुन् । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङकी युवती, छैटौ बाग्लुङकी बृद्ध महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस्

नेपालमा फेरि भेटिए नयाँ कोरोनाको बिरामी, संक्रमितको संख्या पुग्यो ६


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !