१४ बैशाख २०८१, शुक्रबार

इजरायलका स्वास्थ्यमन्त्री पनि कोरोनावाट संक्रमित


याकोभ लिजम्यान

एजेन्सी, चैत २० । इजरायलका स्वास्थ्यमन्त्री याकोभ लिजम्यान र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण देखिएको इजरायलको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले २ जना अहिले सरकारी निर्देशिका अनुसार ‘आइसोलेसन’मा रहेको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय लिजम्यान यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोना भाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित रहने गर्थे ।

तर लिजम्यानले हालैका साताहरुमा सार्वजनिक कार्यक्रमबाट आफूलाई अलग राख्न थालेका थिए । मन्त्री लिजम्यानको साटो पछिल्लो समय स्वास्थ्य सेवा महानिर्देशकले सरकारका कदमहरु बारे जानकारी गराउँथे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !