१४ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरस परीक्षणको नयाँ टेष्ट किट निर्माण गरिदै


कोरोना भाइरस परीक्षणको नयाँ टेष्ट किट भारतमै निर्माण गरिदै
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एजेन्सी, चैत १६ । अब सजिलो हुदैछ कोरोना भाइरस भए नभएको थाहा पाउन । यो टेष्ट किट भारतमै निर्माण गरिदैछ । यसरी पत्ता लागेमा अन्य रोगमा जस्तै सहज हुनेछ रोग भए नभएको जानकारी प्राप्त गर्न सजिलो हुने भएको छ ।

एउटा किटको मुल्य १९२० नेपाली पर्छ भने यो किटबाट १०० सम्म टेष्ट गर्न सकिनेछ । एउटा टेष्ट गर्दा करिब १९.२० जति पर्नेछ । यो किट अब बजारमा आउदैछ । यो खबर दैनिक भाष्करमा महिला वैज्ञानिकले छोरी पाउनु भन्दा ४ घण्टा पहिले तयार गरेको खबर छ ।

अबको ४ हप्ताभित्र यो किट तयार भएर बजारमा आउने भएको छ । यो किट महिला वैज्ञानिक मीनल दखावे भोसलेको ठूलो हात रहेको जानकारी प्राप्त भएको छ । मीनल दखाबे भोसले बच्चा पाउने अवस्थामा थिइन । उनको टिमले अब यो रोग भए नभएको जाँच गर्न सहज भएको र कम खर्च मै रोग पत्ता लाग्ने भएको छ ।

रोग पत्ता लागेमा उपचार गर्न सजिलो हुने भएको छ । अब नोबेल कोरोना भाइरस पनि सजिलै पत्ता लाग्ने र हरेक ल्याबबाट टेष्ट गर्न सकिने भएको छ । भारत सरकारले यो राम्रो सुचना प्रसारण गरेर केहि सीमासम्म अब मनबाट डर हटाइ दिएको छ । हिजोसम्म रोग परिक्षण गर्न असहज भएको अवस्थामा अब सहज हुने भएको छ । यसरि रोग पत्ता लागेमा उपचार गर्न समेत सजिलो हुने भनेको छ ।

अब कोरोना भाइरस बिरोध लड्ने कुरा भारत सरकारले भनेको छ । कोरोना भाइरस टेष्ट गर्ने किट पहिलो भएको पनि ठोकुवा गरेको छ । किट तयार गर्ने महिला वायरोलाजिष्टले तयार गरेकी छन् । मीनल दखाबे मायलैब डिस्कवरीकी रिसर्चकी डेवलपमेंट प्रमुख पनि हुन ।

यो कुरा मीनल दखाबे भोसलेले बीबीसीलाई दिएको इन्टरव्युमा टेष्ट किट तयार सम्बन्धमा सवै बताएकी थिइन । उनले बताए अनुसार १८ मार्चमा टेष्ट किट ठिक भए नभएको हेर्नका लागि नेशनल इंस्टीट्यूट ऑफ वायरोलॉजी (एनआईवी) मा पठाएको र त्यसै दिन नानीको जन्म भएको छ ।

यो पनि पढनुहोस्

चीनको वुहानमा डिभोर्सको घटना बढे

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !