७ बैशाख २०८१, शुक्रबार

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना भाइरसले गर्दा बजारमा सामानको अभाव हुन थालेको त छैन भन्ने प्रश्न चिन्ह खडा भएको छ । आजकाल सामान्य खालका भाइरस भएपनि बढाई चढाई लेख्ने गर्दा सामानको अभाव हुन थालेको छ । रोग सर्ने माध्यम थुप्रै छन् । छोयर, सफाइमा नरहेर श्वास प्रश्वासको माध्यमबाट पनि रोग सर्न सक्छ ।

केहि समय यता विरामीको चाप कम देखिएको छ । यसको ठोस कारण हो कोरोना सर्ने डर बढी देखिनु । आजकाल ताजा खबर मोबाइल खोल्नासाथ हरेकको घर-घरमा पुराइ दिएको हुन्छ । आज अखबार समाचार पढ्न फुर्सद हुदैन तर मोबाइल खोल्नासाथ खबर पुगी सकेको छ ।

आजको लेखमा भने हामीले कोरोनाबाट बच्ने केहि जानकारी पस्कन गइरहेको छौं । कोरोना भाइरस संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरस संक्रमित वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ ।

कोरोना भाइरसका सामान्य लक्षण ज्वरो आउनु, खोकी लाग्नु तथा स्याँस्याँ हुनु यसका लक्षणहरू हुन् । जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ । लापरबाही भएमा बिरामीको मृत्यु समेत हुन सक्दछ, जुन हालसम्म निकै न्युन रहेको छ ।

यी लक्षणहरू ईन्फ्लुएन्जा (फ्लु) वा सामान्य रुघाखोकीका लक्षणहरू जस्तै देखिन्छन, जुन कोभिड-१९ भन्दा धैरै देख्न सकिन्छ । त्यसकारण कसैलाई कोभिड-१९ को संक्रमण भएको हो वा होईन भनेर निर्क्योल गर्नका लागि परिक्षण नै गर्नुपर्ने हुन्छ ।

यसबाट जोगिनका लागि अपनाइने उपायहरू पनि उस्तै नै छन्, जस्तै नियमित हात धुनु र श्वासप्रश्वास सम्बन्धी व्यवहारमा ध्यान पुर्याउनु आदि रहेका छन् । संक्रमणको जोखिमबाट आफु र आफ्नो परिवारलाई जोगाउन तपाईंले निम्न ३ उपायहरू अपनाउन सक्नुहुन्छ :

१. यदि तपाईंलाई श्वासप्रश्वास सम्बन्धी समस्याको लक्षण देखिएको छ भने आफ्नो संक्रमण अरुलाई नसरोस् भनि मास्कको प्रयोग गर्नुहोस् । अन्यथा कुनै लक्षण नदेखिएको अवस्थामा मास्कको प्रयोग आवश्यक छैन ।

२. मास्क लगाइएको छ भने त्यसको प्रभावकारिता बढाउन तथा भाइरसको थप संक्रमणबाट जोगिन उपयुक्त तवरले प्रयोग गर्न र प्रयोग पश्चात व्यवस्थित रूपमा फ्याक्न जरुरी हुन्छ ।

३. मास्कको प्रयोग मात्रले संक्रमण रोक्न सम्भव नहुने भएकोले अन्य उपायहरू पनि अपनाउन जरूरी हुन्छ – जस्तै : नियमित रुपमा साबुन लगाएर हात धुने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने, रुघाखोकी वा फ्लुका लक्षणहरू (ज्वरो, हाच्छ्युँ र खोकी) देखिएका व्यक्तिबाट टाढै बस्ने।

के कोरोना भाइरस बालबालिकालाई सर्न सक्छ ?

१. यो एक नयाँ प्रकारको भाइरस भएको कारण यसले बालबालिका तथा गर्भवती महिलालाई कसरी असर गर्छ भन्नेबारे विस्तृत जानकारी उपलब्ध छैन ।

२. भाइरसले सबै उमेरका मानिसमा संक्रमण गर्न सक्ने भएतापनि हालसम्म बालबालिकाहरूमा कोभिड-१९ को संक्रमण तुलनात्मक रुपमा कमै मात्र पाईएको छ ।

नोट : सामान्यतया रूघा, खोकी लाग्ना साथ नोबेल कोरोना भाइरस लागेको हुन सक्छ भन्ने छैन । जसको उमेर ६० बर्ष पार गरिसक्नु भएको छ, उहाँहरूको हकमा रूघा लागेको छ, दम बढेको छ, सास फेर्न गार्हो भएको छ भने अनिवार्य रूपमा जाँच गराउन आवश्यक छ । यस्ता समस्या देखिएमा डाक्टरको परामर्श लिएर उपचार गराउन आवश्यक छ ।

यो पनि पढनुहोस्

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !