काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन् । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।
प्रधानमन्त्रीको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । उनको बसाइ ताज होटलमा हुने तय भएको छ । आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग आफू बसेकै होटेल ताज्मै भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणको दोस्रो दिन सोमबार भने उनी प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्चस्तरीय भेटघाटमा व्यस्त हुनेछन् ।














