१४ बैशाख २०८१, शुक्रबार

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा ! २१ औं शताब्दीतिर छिमेकी मुलुक चीनमा फैलिएको रोग नोबेल कोरोना भाइरस यदि नेपालमा प्रवेश गर्छ भने डाक्टर, नर्स, स्टाफ नर्स, एच.ए, आयुर्वेद डाक्टर सवै चपेटामा आउने सम्भावना धेरै बढ्न सक्छ । यस्ता रोगबाट आफुलाई कसरी बचाउन सकिन्छ भन्ने जानकारी तल्लो निकायदेखि माथिल्लो निकायसम्म पुग्न जरूरी छ ।

पत्रकारज्युहरूले सानो कुरालाई बढाई-चढाई गरेर ठूलो रूपमा प्रस्तुत गराउदा यसले नकरात्मक सन्देश जनतामा पुगेको देखिन्छ । सवैभन्दा ठूलो कुरा यो रोग खासै ठूलो होइन तर यसलाई ठूलो रूपमा फैलाइएकाले मानिसहरू त्रसित भएको घटना र विचारले देखाएको छ ।

कोरोना भाइरस वास्तवमा श्वास प्रश्वाससंग सम्बन्धित रोग हो । यदि कसैलाई दम खोकी र छाती दुख्ने सास फेर्न गार्हो हुने जस्तो समस्या देखिएमा आफ्नो स्वास्थ्य परिक्षण गराउनु उपयुक्त ठहर छ । यस्ता प्रकृतिका रोगीलाई बढी प्रभाव पार्न सक्ने चिकित्सकको दावी छ ।

हुनत: यो रोग ६० बर्ष भन्दा माथिल्लो तहका बृद्ध रोगीहरूलाई हुने हुनाले डराई हाल्नुपर्छ होइन । यस्ता रोग कमजोर शरीर पौष्टिक आहारको कमीलाई मान्न सकिन्छ । नेपालीहरूको खानामा कम क्यालोरी हुने हुनाले श्वास प्रश्वास सम्बन्धित समस्या बढी हुन सक्ने देखिन्छ ।

आजको लेखमा मैले कोरोना जस्ता रोगमा समेत उपयोग हुने खालको जडिबुटीबारे जानकारी पस्कनेछु । यस्ता औषधिको प्रयोगले स्वास्थ्यमा राम्रो भुमिका देखिन सक्ने भएको छ । कुनै पनि आयुर्वेदिक औषधिको सेवनले नकरात्मक प्रभाव पार्न नसक्ने देखिन्छ ।

असुरोको प्रयोगबाट रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत आउने, रक्त बिकार, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा र सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएमा यसको पातबाट काढा पकाएर सेवन गरिन्छ ।

शरीरमा रक्त प्रवाह बढाउन यसको फूलको सेवन गरिन्छ । यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ। आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने, महारोग, हृदयरोग, दम, ज्वरो पाण्डुरोग, कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ ।

यो औषधि हाम्रो बारमा प्रशस्त भएकाले यसलाई हरेक घरमा प्रयोग गराउन सके ठूलो फाइदा हुने निश्चित छ । आफुलाई आवश्यक महसुस भएमा यसको पात प्रयोग गर्न सक्नुहुनेछ । पातलाई थिचेर रस निकाल्नुस र थोरै मह मिलाएर सेवन गर्नुस या असुरोबाट बनेको औषधि होम्योपैथीकमा उपलब्ध छ । हरेक घरमा राख्नुहोस् उपरोक्त समस्या देखिएमा १० थोपा औषधि थोरै पानीमा राखेर दिनमा ३ पटकसम्म सेवन गराउन सकिनेछ ।

यदि कसैलाई माथिको समस्या देखिएको छ । निको गराउन चाहनुहुन्छ भने असुरो (Malabar Nut, Adhatoda, Vasaka) जडिबुटिको पात ल्याउनुहोस् र कपडामा पोको पार्नुहोस् र बाहिरबाट कपडामा बाक्लोसंग रातो माटो पोत्नुहोस् र भुङ्ग्रोमा दवाउनुस र आगो निभेपछि निकाल्नुस र निचरेको २ चमच रसमा थोरै मह राखेर दिनमा २ पटक खान दिनुस हजुरको नजीक नोबेल कोरोना भाइरस आउने छैन ।

असुरो र जस्टिका एहाडोटा

यो पनि पढनुहोस्

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !