१५ बैशाख २०८१, शनिबार

नगरकोटका होटललाई क्वारेन्टाइनस्थल बनाउने सरकारको तयारी


नगरकोटका होटल

१२ चैत, काठमाडौं । नेपाल सरकारले नगरकोटका होटलहरुलाई क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहितको टोलीले बुधबार विहान नगरकोटका होटल व्यवसायीसँग छलफल गरेका थिए । त्यहाँका होटलमा २००० वटा कोठा छन् ।

यदि कोरोना भाइरसको संक्रमण कुनै वस्तीमा देखियो भने संक्रमण नदेखिएका मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्‍यो भने नगरकोट उपयुक्त हुनसक्ने सरकारको बुझाइ छ । छलफलमा व्यवसायीले पनि क्वारेन्टाइन स्थल बनाउन सहयोग गर्ने बचन दिएका छन् ।

होटलको अनुगमन गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनेको छ । यो समितिलाई क्वारेन्टाइन स्थल बनाउन लाग्ने स्रोत साधनबारे जानकारी गराउन भनिएको छ । सरकारले क्वारेन्टाइनस्थल तयार पार्न मन्त्री भट्टराईको नेतृत्वमा समिति बनाएको छ ।

यो समितिले काठमाडौंमा ५००० जना मानिसलाई राख्न सक्ने गरी क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको छ । यसका लागि सुरुमा होटल तथा सरकारी भवन उपयोग गरिनेछ । यस्तै मन्त्री भट्टराई नेतृत्वको टोलीले दुवाकोटस्थित केएमसी हस्पिटलको पनि अनुगमन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !