२० बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकामा एकैदिन २४९ जनामा कोरोना संक्रमण पुष्टि


सूर्यास्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १७३ जना, ललितपुर जिल्लामा ५२ जना र भक्तपुर जिल्लामा २४ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा हिजो १९२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा हिजो भन्दा आज कोरोना संक्रमण बढेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १५४९, ललितपुर २०६ र भक्तपुरमा ८० सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १८३५ पुगेको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !