२३ बैशाख २०८१, आइतबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ, असोज ८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४९७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९३०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११४४९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ५५ हजार ९२३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १८४३७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८६१४ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ९८२३ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६५६५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६०९ जना, ललितपुर जिल्लाका ९५ जना र भक्तपुर जिल्लाका ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४५७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५०४११ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को उदयपुरमा २ जना, ओखलढुंगामा १२ जना, झापामा ४ जना, भोजपुरमा १ जना, मोरङमा ७३ जना, संखुवासभामा ३ जना र सुनसरीमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १० जना, पर्सामा २३ जना, बारामा ६ जना, महोत्तरीमा ४ जना, रौतहटमा ४ जना, सप्तरीमा १६ जना, सर्लाहीमा १ जना र सिरहामा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र ६०९ जना, काभ्रेपलान्चोकमा १२ जना, चितवनमा १३७ जना, दोलखामा ३ जना, धादिङमा ४ जना, नुवाकोटमा ८ जना, भक्तपुरमा ५१ जना, मकवानपुरमा २१ जना, रामेछापमा १ जना, ललितपुरमा ९५ जना र सिन्धुलीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ८ जना, गोरखामा ९ जना, तनहुँमा १७ जना, नवलपरासी पूर्वमा १४ जना, पर्वतमा ६ जना, लमजुङमा २ जना, बाग्लुङमा १२ जना र स्याङजामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५

प्रदेश ५ को अर्घाखाँचीमा ३ जना, कपिलवस्तुमा २ जना, गुल्मीमा ४ जना, दाङमा ९ जना, नलवपरासीमा १४ जना, पाल्पामा ४ जना, प्युठानमा ६ जना, बर्दियामा २४ जना, बाँकेमा ५३ जना र रुपन्देहीमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको दैलेखमा २ जना, सल्यानमा ४ जना, सुर्खेतमा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा १ जना, कञ्चनपुरमा ४ जना, कैलालीमा ४५ जना, डडेल्धुरामा १ जना, डोटीमा ४ जना, दार्चुलामा १ जना र बैतडीमा १० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

यो पनि पढ्नुहोस्

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !