७ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ६९ हजार नाघ्यो, आज थपिए नयाँ १४९७ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असोज ८। नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४९७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९३०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११४४९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ५५ हजार ९२३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १८४३७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८६१४ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ९८२३ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६५६५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६०९ जना, ललितपुर जिल्लाका ९५ जना र भक्तपुर जिल्लाका ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४५७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५०४११ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ६७ हजार नाघ्यो, आज थपिए नयाँ ११७२ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !