१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो


मृत्यु

काठमाडौँ, असोज ८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ५ जना महिला र १२ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा मोरङकी १ जना, सुनसरीकी १ जना, भक्तपुरकी १ जना, काठमाडौँकी १ जना र धादिङकी १ जना रहेकी छन् भने मृत्यु हुने पुरुषमा झापाका १ जना, धनुषाका २ जना, रौतहटका १ जना, भक्तपुरका १ जना, काठमाडौँका ३ जना, तनहुँका १ जना, दाङका १ जना, कपिलबस्तुका १ जना र नवलपरासीका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ५ जना महिलामा मोरङकी ५५ वर्षीया, सुनसरीकी ८१ वर्षीया, भक्तपुरकी ७३ वर्षीया, काठमाडौँकी ८२ वर्षीया र धादिङकी ३२ वर्षीया रहेकी छन् । यस्तै मृत्यु हुने १२ जना पुरुषमा झापाका ७८ वर्षीय, धनुषाका ६८ र ७० वर्षीय २ जना, रौतहटका ६५ वर्षीय, भक्तपुरका ८४ वर्षीय, काठमाडौँका ७५, ६९ र ७० वर्षीय ३ जना, तनहुँका ३९ वर्षीय, दाङका ३९ वर्षीय, कपिलबस्तुका ५० वर्षीयनवलपरासीका ५५ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृतकको संख्या ४५३ पुग्यो, थप १७ जनाको मृत्यु

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !