२३ बैशाख २०८१, आइतबार

नेपालमा २१९ जनाले जिते कोरोना, थप १३ जना घर फर्किए


बलम्बु अस्पतालवाट डिस्चार्ज

१७ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट बुढानिलकण्ठ र टोखाका २ जना डिस्चार्ज भएका हुन् । उनीहरु टेकु अस्पतालको आइसोलेशनमा उपचाररत थिए । यस्तै बलम्बुस्थित कोभिड-१९ युनिफाइड अस्पतालबाट ९ जना डिस्चार्ज भएको पनि उनले बताए । उनीहरु विभिन्न जिल्ला स्थायी ठेगाना भई हाल काठमाडौंमा बस्दै आएकाहरु हुन् ।

प्रवक्ता डा. देवकोटाका अनुसार अछाम जिल्ला भई बाँकेमा रहँदै आएका पुरुष १ जना पनि डिस्चार्ज भएका छन् । साथै रुकुम घर भइ ललितपुर अस्थायी ठेगाना भएका पुरुष १ जना पनि कोरोना निको भई अस्पतालवाट डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १६० जना, प्रदेश २ मा ५४७, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २० जना, प्रदेश ५ मा ५४७ जना, कर्णाली प्रदेशमा ६१ जना र सुदूरपश्चिम प्रदेशमा २१ जना गरी नेपालमा १४०१ जना कोरोना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा ५३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना र ललितपुरमा १ जना र अर्घाखाँचीका १ जना गरी ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

आज १९ जना घर फर्किए, नेपालमा अहिलेसम्म २०६ जनाले जिते कोरोना

नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो, आज थपिए कोरोनाका नयाँ १८९ संक्रमित

कोरोना भाइरसवाट नेपालमा छैटौ व्यक्तिको मृत्यु पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !