१४ बैशाख २०८१, शुक्रबार

नेपालमा २०६ जनाले जिते कोरोना, आज १९ जना घर फर्किए


पाटन अस्पताल

१६ जेठ, काठमाडौँ । नेपालमा आज १९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २०६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २ जना, पाटन अस्पतालबाट ७ जना, बलम्बुको अस्पतालबाट २ जना र दाङको कोरोना विशेष अस्पतालबाट ८ जना शुक्रबार डिस्चार्ज भएका हुन् । योसँगै कोरोना जित्नेको संख्या २०६ पुगेको छ ।

नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १७० जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा ५२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई २०६ जनाले जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना र ललितपुरमा १ जना र अर्घाखाँचीका १ जना गरी ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरसवाट नेपालमा छैटौ व्यक्तिको मृत्यु पुष्टि

नेपालमा संक्रमितको संख्या १२१२ पुग्यो, आज थपिए कोरोनाका नयाँ १७० संक्रमित

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !