१२ बैशाख २०८१, बुधबार

कोरोना भाइरसवाट नेपालमा छैटौ व्यक्तिको मृत्यु पुष्टि


मृत्यु-निधन

१६ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार जेठ १० गते भारतबाट नेपाल आउने क्रममा मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनको पीसीआर परीक्षणको पोजिटिभ रिपोर्ट हिजो बिहीबार मात्र आएको उनको भनाइ छ । साथै उनको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।

नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १७० जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा ५२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई २०६ जनाले जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् ।

नेपालमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ । यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना र ललितपुरमा १ जना गरी ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १२१२ पुग्यो, आज थपिए कोरोनाका नयाँ १७० संक्रमित

कोरोना भाइरसवाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !