४ बैशाख २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या १२१२ पुग्यो, आज थपिए कोरोनाका नयाँ १७० संक्रमित


डा. विकास देवकोटा

१६ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १७० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार आज संक्रमित थपिनेहरुमा झापाका २८ जना, सप्तरीका ४ जना, बाराका ४ जना, पर्साका ५ जना, म्याग्दीका १ जना, बाँकेका १० जना, नवलपरासी बर्दघाटका २ जना, कपिलवस्तुका ५१ जना, रौटहटका ५६ जना, सर्लाहीका ५ जना, रुपन्देहीका १ जना र दाङका २ जना रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा ५२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई २०६ जनाले जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् । नेपालमा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६४ हजार १ सय ४४ परीक्षणहरु गरिएका छन् । शुक्रबारको अपडेटमा क्‍वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १०४२ पुग्यो, आज थपिए कोरोनाका नयाँ १५६ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !