४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो, आज थपिए कोरोनाका नयाँ १८९ संक्रमित


डा. विकास देवकोटा

१७ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १८९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कपिलवस्तुमा १०९ जना, सर्लाहीमा १७ जना, दैलेखमा १४ जना, सिरहामा ११ जना, सप्तरीमा ९ जना, धनुषा ७ जना, रौतहटमा ६ जना, दाङमा ५ जना, महोत्तरीमा ४ जना, पर्सामा २ जना, संखुवासभामा २ जना, झापामा १ जना, ललितपुरमा १ जना र बारामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज शनिबार कोरोना पोजिटिभ पुष्टि भएकामध्ये १८५ जना पुरुषहरु र ४ जना महिला छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १६० जना, प्रदेश २ मा ५४७, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २० जना, प्रदेश ५ मा ५४७ जना, कर्णाली प्रदेशमा ६१ जना र सुदूरपश्चिम प्रदेशमा २१ जना संक्रमित छन् ।

मन्त्रालयका अनुसार नेपालमा ५३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई २१९ जनाले जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना र ललितपुरमा १ जना र अर्घाखाँचीका १ जना गरी ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरसवाट नेपालमा छैटौ व्यक्तिको मृत्यु पुष्टि

नेपालमा संक्रमितको संख्या १२१२ पुग्यो, आज थपिए कोरोनाका नयाँ १७० संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !