१५ बैशाख २०८१, शनिबार

नेपालमा अहिलेसम्म २१४२ जनाले जिते कोरोना, थप ३७० जना घर फर्किए


घर फर्किए

८ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३७० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २१४२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेहरुमा कोरोना विशेष अस्पताल दाङबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्प्तालबाट २८ जना, दैलेख अस्पताल दुल्लुबाट २६५ जना, सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पताल विरगञ्‍जबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना रहेका छन् ।

नेपालमा अहिलसम्म रसुवा बाहेक अन्य सबै ७६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५३५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ । नेपालमा अहिलेसम्म ९५६१ कोरोना संक्रमितहरुमध्ये ८६६७ जना पुरुषहरु र ८९५ जना महिलाहरु रहेका छन् । आज नयाँ संक्रमित ५३५ मध्ये ४६१ जना पुरुषहरु र ७४ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ३७० जनाले कोरोना भाइरस जितेर डिस्चार्ज हुनेहरुमा ३३८ जना पुरुषहरु र ३२ जना महिलाहरु रहेका छन् ।

नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा अहिलेसम्म १७७२ जनाले जिते कोरोना, थप १९४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !