६ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २३ पुग्यो


मृत्यु

७ असार, काठमाडौँ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार असार ५ गते गुल्मीको छत्रकोट गाउँपालिका-५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । पारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको थियो ।

गौतमका अनुसार मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । ६ गते भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । उनको शव असार ६ गते नेपाली सेनाको विशेष टोलीले व्यवस्थापन गरिसकेको छ । यसअघि २२ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या ९०२६ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४२१ संक्रमित

नेपालमा अहिलेसम्म १७७२ जनाले जिते कोरोना, थप १९४ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !