७ बैशाख २०८१, शुक्रबार

नेपालमा अहिलेसम्म १७७२ जनाले जिते कोरोना, थप १९४ जना घर फर्किए


घर फर्किए

७ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १७७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

नेपालमा अहिलसम्म ७५ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म ९०२६ कोरोना संक्रमितहरुमध्ये ८२०६ जना पुरुषहरु र ८२० जना महिलाहरु रहेका छन् । आज नयाँ संक्रमित ४२१ मध्ये ३५७ जना पुरुषहरु र ६४ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १७७२ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या ९०२६ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४२१ संक्रमित

नेपालमा अहिलेसम्म १७७२ जनाले जिते कोरोना, थप १९४ जना घर फर्किए

नेपालमा अहिलेसम्म १५७८ जनाले जिते कोरोना, थप १७६ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !