१५ बैशाख २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ९५६१ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५३५ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असार ८  । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५३५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा झापाका ३ जना, मोरङका १२ जना, सप्तरीका १५ जना, धनुषाका १० जना, महोत्तरीका १ जना, अछामका २ जना, अर्घाखाँचीका ९ जना, बैतडीका १४ जना, डडेलधुराका १५ जना, डोटीका ७ जना, गुल्मीका ५६ जना, जाजरकोटका १ जना, कैलालीका ५८ जना रहेका छन् ।

साथै नवलपरासीका ५ जना, सर्लाहीका ४७ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका २३ जना, स्याङजाका ३३ जना, पाल्पाका ९० जना, प्युठानका ३० जना, रौटहटका ३४ जना, रुपन्देहीका १० जना, चितवनका ५ जना, नवलपरासी पूर्वका २४ जना, ओखलढुंगाका १ जना, तनहुँका ११ जनार दाङका १३ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

नेपालमा अहिलसम्म रसुवा बाहेक अन्य सबै ७६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म ९५६१ कोरोना संक्रमितहरुमध्ये ८६६७ जना पुरुषहरु र ८९५ जना महिलाहरु रहेका छन् । आज नयाँ संक्रमित ५३५ मध्ये ४६१ जना पुरुषहरु र ७४ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ३७० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २१४२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार सोमवारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ६८ हजार १ सय ३ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ५ हजार ९२९ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ८१ हजार ३७१ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ६ हजार १९८ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९० हजार ७३० जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ७८९ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा अहिलेसम्म २१४२ जनाले जिते कोरोना, थप ३७० जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २३ पुग्यो

नेपालमा संक्रमितको संख्या ९०२६ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४२१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !