१५ बैशाख २०८१, शनिबार

कोरोना भाइरस प्रतिरोधी जडीबुटीहरू


कोरोना प्रतिरोधी जडीबुटीहरू

विश्व आज कोरोना महामारीको चंगुलमा फस्दै गईरहेको छ । रोग लागेकामध्ये ३ प्रतिशत विरामीहरूको मृत्युवरण भईसकेको र रोगको खास रोकथाम, नियन्त्रण एवं उपचारका कुनै पनि औषधि एवं भ्याक्सिन बनी नसकेकाले अझै कति मान्छेहरू यो रोगले मर्ने भन्ने टुंगो छैन । यो रोगको संक्रमणको कारणले मर्ने हरूको तथ्यांक हेर्दा अधिकांश ९९% मान्छेहरूको प्रतिरक्षा प्रणाली अत्यन्त कमजोर रहेको र अन्य रोगहरू जस्तै मधुमेह, मृगौला रोग, क्यान्सर, दम खोकी मोटोपन, मुटुरोग, अनियन्त्रित कोलेस्टेरोल, वात, अटोईम्यून जस्ता समस्याले ग्रस्त भएको पाईयो र यो तथ्यले के पनि पुष्टि गर्दछ भने जसको प्रतिरक्षा प्राणाली कमजोर छ उसैलाई कोरानाको समस्या ले ज्यादा आक्रान्त पार्दछ र मृत्यु हुन सक्दछ । यस परिपेक्षमा यो रोगलाई जित्नको लागि हाम्रो प्रतिरक्षा प्रणालीलाई मजवुत पर्नुपर्ने हुन्छ ।

कोरोना भाइरस प्रतिरोधी जडीबुटीहरू

प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र कोरोना संक्रमणलाई रोक्न निम्न लिखित जडिबुटीहरूलाई निम्न लिखित विधिले उपयोग गर्न सकिन्छ ।

के के हुन ती जडिबुटीहरू ?

गुर्जो, दालचिनी, जीरा, धनिया, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, आदि मध्य कुनै एकको उपयोग गर्न सकिन्छ ।

यी जडिबुटी हरूको उपयोग कसरी गर्ने ?

क. गुर्जोको उपयोग गर्दा आफ्नो भित्ताले एक भित्ता (१० देखि १५ से.मी.) लामो ताजा गुर्जोको डाँठ लाई राती सिलौटोमा कुटेर एक गिलास पानीमा हालेर छोडिदिनुहोला र यो पानीलाई भोली पल्ट बिहान कपडाले छानेर पिउनु होला। गुर्जोको धुलो (गुडूची चुर्ण)प्रयोग गर्नुहुन्छ भने ५ ग्राम गुडूची चुर्णलाई एक गीलास तातो पानीमा हालेर छोपिदिनुहास । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनुहोस ।

ख. तीन ग्राम दालचिनीको धुलोलाई एक गिलास तातो पानीमा हालेर पिउदा वा बजारमा उपलब्ध दालचिनीको एउटा क्यापसुल राती सुत्ने बेलामा खादाँ पनि रोग प्रतिरोधक क्षमता बढ्दछ ।

ग. जीरा, धनिया, बेसार, लसुन, ज्वानो जस्ता मरमसला एवं जडिबुटीहरूलाई खानामा समाबेस गरौ ।

घ. जडिबुटी काँडाको प्रयोग: आधा लीटर पानीमा १ ग्राम (एक चुट्की) मरिच, १ ग्राम सूठो, १ ग्राम दालचिनी, एवं १ चिया चम्चा सख्खर हालेर उमाल्नुहोस । सबै जडिबुटीहरू मजाले पाकीसके पछि १० वटा तुलसीको पातलाई त्यस घोलमा हालेर ढाकी दिनुस । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुस । यो काढाले प्रतिरक्षा प्रणलीलाई मजबुत पार्नुका साथै कफ फटाउने एवं गला बसेको, घाटी दुखेको, निको पार्दछ ।

ङ. अचानक रुघामर्कीले सताई हाल्यो भने मरिच, सूठो र सख्खरलाई एकसाथ उमालेर चूल्होबाट निकालीसके पश्चात तातौ घोलमा एउटा असूरोको पातलाई राम्रो संग धोएर स साना टुक्रा बनाएर उक्त घोलमाहालेर छोपि दिनुहोस । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुहोस ।

च. ५ ग्राम अमलाको चुर्णलाई वा त्रिफला चूर्णलाई एक गिलास तातो पानीमा हालेर छोपिदिनुहास । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनु होस । यसरी बनाएको औषधि दैनिक २ देखि ३ चोटी पिउनुहोस।

छ. एक गिलास दुधमा १ देखि २ ग्राम शुद्घ बेसार हालेर राती सुत्ने बेलामा पिउनुहोस । यो विधिले पनि प्रतिरक्षा प्रणालीलाई मजबुत पार्दछ ।

ज. आधा आधा घण्टामा एक-एक गिलास मनतातो पानी पिउदै रहनु होला ।

झ. ज्वानोको झोल: तात्तातो ज्वानोको झोलले पनि मुख एवं घांटीमा रहेका व्याक्टेरिया एवं भाइरस मार्न मद्धत गर्दछ।

लेखक डा. हेमराज कोइराला भरतपुर महानगरपालिका-१, वागीश्वरी, चितवन स्थित ‘योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयका’ मेडीकल डाइरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

गुर्जो खाऔ, कोरोना भगाऔ

भोजन को सँग गर्ने, को सँग नगर्ने

कोरोना भाइरसबाट जोगिन छाड्नैपर्ने आनीबानीहरू

भुडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस यी उपायहरू

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

कोरोना भाइरसलाई जित्न खानैपर्ने खानेकुराहरू


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !