१८ बैशाख २०८१, मंगलबार

रोगको उपचारमा अष्टांग आयुर्वेदको महत्व


अष्टांग आयुर्वेद

विश्वकै प्राचीन चिकित्सा प्रणाली आयुर्वेद जडिबुटी हो । अहिले विश्वमा जतिपनि चिकित्सा प्रणालीको विकास भएको छ, ती सम्पूर्णको प्रेरणा यही आयुर्वेद जडिबुटीबाट लिइएको मानिन्छ ।

कुनै पनि रोगलाई जरैबाट नष्ट गर्ने क्षमता केवल आयुर्वेदमा चिकित्सामा छ । यही कारण मान्छेहरू अन्य उपचार पद्धतिमा भन्दा यो उपचार पद्धतिमा धेरै विश्वास गरेको पाइन्छ । आजको यो लेखमा हामीले आयुर्वेदबारे रोचक जानकारी पस्कने छौं ।

आयुर्वेद चिकित्सालाई आठ अलग-अलग भागमा विभाजन गरेका छौँ । यी आठ भागको सम्मिलित रुपलाई ‘अष्टांग आयुर्वेद’ नाम दिइएको छ । यी प्रत्येक शाखालाई विस्तारमा जानकारी दिदै जानेछौँ ।

१. काय चिकित्सा

आयुर्वेदमा यसलाई त्रिदोष एवं आधुनिक आयुर्विज्ञानमा यसलाई एनाबोलिज्म, क्याटबोलिज्म एवं मेटाबोलिज्मको नाम दिइएको छ ।

२. बालरोग चिकित्सा

गर्भावस्थाको समय महिलाको रोगको उपचार र प्रसूतिपछि शिशुको रेखदेख र उनको उपचार बालरोग चिकित्सा अन्तर्गत पर्दछ ।

३. भूत विद्या

यस अन्तर्गत मूख्य रुपले मानसिक रोगको उपचार गरिन्छ । यो विधि तन्त्र, मन्त्र, यन्त्रमा विविध जडिबुटी प्रयोग गरेर उपचार गरेको पाइन्छ । यो उपचारमा प्रयोग हुने जडिबुटीमा अपमार्ग, धतुरो, गाजाबाट बनेका औषधि नै प्रधान मानिएको छ ।

४. शल्य चिकित्सा

सर्जरी अर्थात शल्यक्रियाबाट गरिने उपचार पद्धतिलाई आयुर्वेदमा शल्य चिकित्सा नामले जानिन्छ । एलोपेथिक सुरू हुनुभन्दा पहिलेदेखि काटिएको टाउको जडिबुटीको माध्यमबाट जोड्ने गरेको कथा सुन्न सकिन्छ ।

५. शालक्य तन्त्र

गला र गलाका साथमा रहेका अंगहरु मुख, नाक, कान र आँखासम्बन्धी जोडिएका समस्याको उपचार शालाक्या तन्त्र अन्तर्गत गरिन्छ ।

६. अगद तन्त्र

अलग-अलग किसिमको विषको पहिचान र त्यसबाट हुने समस्यको उपचार अगद तन्त्र अन्तर्गत पर्दछ । आधुनिक चिकित्सामा वमनद्वारा यसको उपचार हुने गरेको छ । यो पनि आयुर्वेदमा धेरै पहिलेदेखि गर्दै आएको थियो।

७. रसायन तन्त्र

आयुर्वेदमा रस र धातुको विशेष महत्व भनिएको छ । यसमा रस र धातुको कमी वा धेरै हुनु वा असन्तुलन हुनुले शरीरमा रोग उत्पन्न हुन्छ ।

८. वाजीकरण तन्त्र

यौन सम्वन्धित समस्या र त्यसको उपचार वाजीकरण तन्त्र अन्तर्गत पर्दछ । अहिले जतिपनि औषधि बजारमा आएका छन् । सवै जडिबुटीबाट बनेका औषधी हुन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !