४ बैशाख २०८१, मंगलबार

हर्रो र मानव स्वास्थ्यबारे उपयोगी जानकारी


हर्रो

काठमाडौँ । हर्रोबारे अधिकांशलाई थाहा होला जस्तो लाग्छ । हर्रो त्रिफलामा प्रयोग गरिएको हुन्छ । यसको स्वाद टर्रो खालको हल्का अमिलो मुख बाध्ने खालको हुन्छ । यस्को प्रयोग थुप्रै रोगमा गर्न सकिन्छ । हाम्रै वरीपरी रहेको हर्रोको हामीले उपयोग गर्न सकेका छैनौँ किनभने हामीलाई त्यसको महत्व नै थाहा छैन् ।

वैज्ञानिक मत अनुसार भने हर्रोको फलमा चेब्यूलिनिक एसिड ३०५, टैनिन एसिड ३०,४५५, गैलिक एसिड, ग्लाईकोसाइड्स, राल तथा रंजक पदार्थ पाइन्छ । त्यसमध्यको ग्लाईकोसाइड्सले कब्जियत निर्मुल गर्नमा योगदान दिने गर्छ । यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रुपमा संचालन हुन सहयोग गर्दछ ।

हर्रोका केही महत्वपूर्ण अन्य फाईदाहरु अर्थात औषधीय गुणहरु

१. हर्रोलाई कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

२. एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान-वेलुका खाने गरेमा कमलपित्त रोग निको हुन्छ ।

३. हर्रोको टुक्रो चपाएर खानाले भोक बढ्दछ । हर्रोको प्रयोगले रूचि जगाउनमा राम्रो भुमिका निभाउदछ ।

४. अलिकति हर्रोलाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ ।

५. हर्रो, बर्रो र अमलाको चुर्ण समभाग मिलाएर एक चमच मात्रामा दूधसंग ६ महिना सेवन गर्नाले कायाकल्प हुन्छ । पेटका थुप्रै रोगहरू यसको सेवनले निको बनाउदछ ।

यो पनि पढनुहोस्

कस्तो सागसब्जी खाने ? यस्तो छ डा. राम बहादुर बोहराको सुझाव

यस्ता छन् स्वास्थ्यको लागि पत्ता गोभी खानुका फाइदाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !