१८ बैशाख २०८१, मंगलबार

घरेलु औषधिबाट यसरी गरौं रोगको उपचार


योग र आयुर्वेदिक औषधि

काठमाडौँ । आजकाल छिटो उपचारको खोजीमा मान्छे लागेको हामी देख्न सक्छौं । चाँडो निको बनाउन आयुर्वेदले पनि सहयोग गर्ने भएको कुरा हामी पाठकलाई औल्याउन चाहन्छौँ ।

तल हामीले थुप्रै रोगहरूको उपचार गर्न सकिने औषधिबारे जानकारी पस्केका छौं । आफ्नो समस्या अनुसार हेरेर औषधि उपचार गराउन सक्नुहुन्छ । यस्ता अधिकांश औषधि भान्साबाटै प्राप्त हुने छन् ।

हामी विदेशी उत्पादनबाट बनेका औषधिमा सीमित छौं । हाम्रो भान्सा र खाली जग्गामा उम्रेका अनगिन्ती औषधि त्यसै खेर गएका छन् । आजको लेखमा हामीले भान्सामा पाइने औषधि र बारीमा पाइने घरेलु प्रमप्रामा आधारित औषधिबारे प्रकाश पार्नेछौं ।

१. दाद

दादको एरियामा थुँगे फूलको रस लगाउनाले राम्रो फाइदा गर्दछ । हेर्दा सामान्य छ तर प्रयोगविहिन छ । यो फूललाई कतिले चिन्नुहुन्छ । यसलाई अँग्रेजीमा मेरिगोल्ड भन्दछन् । प्रकृतिले हामीलाई अमुल्य उपहार दिएको छ ।

२. उच्च रक्तचाप

सर्पगन्धाको जरालाई चूर्ण पार्ने (२ ग्राम) प्रतिदिन दिनमा दुईपटक मनतातो पानीमा मिलाएर सेवन गराउनाले उच्च रक्तचापका रोगीलाई फाइदा देखिन्छ ।

३. दिमागलाई पुष्ट पार्न

दालचिनीको १० ग्राम पाउडरलाई महमा मिलाएर चाट्नाले कमजोर दिमागलाई पुष्ट पार्दछ ।

४. यौन अङ्ग चिलाउने समस्यामा

यौन अँग चिलाउने समस्या आजकाल धेरै जसो मानिसहरूमा देखिएको छ । यो समस्या हटाउन फिटकरीलाई गरम पानीमा मिलाएर धुने गर्नाले यौन अँग चिलाउन कम हुन्छ ।

५. टन्सिलको समस्यामा

टन्सिल बढेको छ भने गरम पानीमा थोरै फिटकरी राखेर र सम्मभाग नुन मिसाएर कुल्ला गर्नाले टन्सिल निको हुन्छ ।

६. क्यान्सरबाट बचाउन

मुसामा गरिएको परिक्षणबाट यो कुरा प्रमाणित भएको छ की तुलसी र पुदिनाको सेवन नियमित गर्नाले क्यान्सर हुनसक्ने आशंका समाप्त हुन सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !