१२ बैशाख २०८१, बुधबार

गुर्जो खाऔ, कोरोना भगाऔ


गुर्जो

हाम्रै घर-आगनमा पाईने चीरपरिचित गुर्जोको उपयोगिता अहिले आएर ह्वात्तै बढेर गएको छ । कोरोना भाईरसको सक्रमण विश्वभरि फैलिए सगै आज हरेक व्याक्ति आफ्नो प्रतिरक्षा प्रणलीलाई सबल बनाएर यो रोगलाई जित्न चाहिरहेको छ । यसै सन्दर्भमा हाम्रो घरआगनमै पाईने गुर्जोको उपयोगिता लाई लिएर विभिन्न अभ्यासहरू भईरहेको छ ।

सामान्य ज्वरो, रूघाखोकी, रक्तअल्पता, जन्डिस, गोनेरिया, अपच, अजिर्ण, पाईल्स, दम,एवं अन्य विषम परिस्थिमा दिईने यो औषधिको प्रतिरक्षा प्रणाली सबल पार्नसक्ने गुणकै कारण कोरोना भाईरस जस्तो महामारीमा पनि यसको उपयोग सावित भईसकेको छ । विभिन्न फाइटो स्टेरोईड, अल्कलाईडस, टारपेन, ग्लईकोसाईडहरूले भरपुर यो जडिबुटी रक्त शुद्धिकरण गर्न र व्याधि क्षमत्व बढाउनका लागि प्रयोग गर्ने गरिन्छ । कोरोना भाईरससंग लड्न व्याधिक्ष्मत्व सवल पार्न होस वा यो योगका लागिसकेपछि रोगका लक्षणहरू समन गर्नहोस गुर्जोको उपयोग गर्न सकिन्छ ।

किन खाने गुर्जो ?

कोरोना भाईरसको महामारीको दैरान गुर्जो विशेषतः प्रतिरक्षा प्रणलीलाई सबल गर्न र कोरोनाका कारण देखापर्ने लक्षणहरू जस्तै ज्वरो, रूघा, मर्की, खोकी, दमबढ्ने, जिउ दुख्ने जस्ता समस्याबाट छुटकारा पाउनकालागि खाने गरिन्छ । गुर्जोमा प्रचूर मात्रमा एण्टि-अक्सिडेण्ट पाईन्छ जसले अक्सिडेटिभ स्ट्रसका दैरान हुने फ्रि-रेडिकल ईन्जुरीलाई ठिक गर्दछ ।

गुर्जोमा गिलोइन नामक ग्लूकोसाइड, पामेरिन, टीनोस्पोरिन, टीनोस्पोरिक एसिड जस्ता तत्वहरू पनि पाइइन्छ । साथै यसमा फलाम, फाँस्फोरस, तामा, कैल्शियम, जिंक, मैगनीज आदि पनि प्रशस्त मातामा पाईन्छ । यी तत्वहरू शरीरको लागि महत्वपूर्ण पोषक तत्वहरू हुनुका साथै अनेकौ रोगबाट बचाउन आवश्यक हुन्छ । गुर्जोको सेवनले रक्तशुद्धिकरण हुने, रक्तकोषहरूको संख्या बढ्ने प्लेटलेट्सको संख्या बढ्ने गर्दछ । यसमा विद्यमान तत्वहरू ब्याक्टेरिया एवं भाईरस विरोधि छन । साथै गुर्जोको सेवनले कोरोना भाईरसको संक्रमणका दैरान हुने श्वास प्रश्वासका समस्याहरू लाई समेत समन गर्दछ ।

कसरी खाने गुर्जो ?

१. राती, आफ्नो (खाने मान्छेको ) हातको भित्ताले एक भित्तालामो गुजोको डाँठलाई मजाले धोएर खालमा वा सिलौटामा कुट्नुहोस । यसरि कुटिएको औषधिलाई १५० मि.ली. पानीमा हालेर रातभरी छोडिदिनुस । बिहान भएपछि यो पानीलाई कपडाले छानेर मजाले पिउनुहोस ।

२. तत्काल पिउनु एक हात लामो र कान्छिऔला बराबर मोटो गुर्जोको लहरालाई खलमा कुटेर रस निकालेर २० मि.ली. रस प्रतिदिन पिउन सकिन्छ ।

३. तत्काल पिउने भए यसरि खलमा कुटिएको गुर्जोको क्वाथलाई एकचोटि भुलुक्क उमालेर हल्का मनतातो भएपछि पनि पिउन सकिन्छ वा २० देखि ३० मि.ली. क्वाथ उसै पनि पिउन सकिन्छ ।

४. गुजोको चूर्ण लिने हो भने ५ ग्राम वा एक चिया चम्चा गुर्जोको चूणलाई एक गिलास तातोपानीमा हालेर केहिक्षण पश्चात लिन सकिन्छ ।

५. अहिले बजारमा गुर्जोको क्यापसुल पनि पाईन्छ । यो क्यापसुल राती सुत्ने बेलामा दिनको एउटा लिन सकिन्छ ।

सावघानी : गुर्जोको सेवनले कसैकसैमा एलर्जी पनि हुन सक्दछ । यसै गरि गर्ववती महिला, अटोईम्युनका समस्या भएकाहरू कब्जीयत भएकाहरूले पनि यसको सेवन गर्नु हुदैन ।

लेखक डा. हेमराज कोइराला भरतपुर महानगरपालिका-१, वागीश्वरी, चितवन स्थित ‘योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयका’ मेडीकल डाइरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

भोजन को सँग गर्ने, को सँग नगर्ने

कोरोना भाइरसबाट जोगिन छाड्नैपर्ने आनीबानीहरू

भुडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस यी उपायहरू

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

कोरोना भाइरसलाई जित्न खानैपर्ने खानेकुराहरू


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !